२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री सक्रिय हुन छ महिना लाग्छ :चिकित्सक

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन २७ गते १३:२२

काठमाडौँ ।   मिर्गौला प्रत्यारोपण गरि अस्पतालमा रहनु भएका  प्रधानमन्त्री केपी शर्मा ओली सामान्य मानिस जस्तै जीवनमा फर्कन छ महिना लाग्ने  उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  उनकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी हुन् ।

 

मंगलबार त्रिवि शिक्षण अस्पतालमा  गरिएको पत्रकार सम्मेलनमा  उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको बताइन्। ‘यद्यपी हामी कनफर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज गर्दैनौं’ उनले भनिन्। सम्भवतः अबको २/३ दिनमा ओलीलाई डिस्चार्ज गर्न सकिने उनकाे भनाइ छ।

डिस्चार्ज गर्नुभन्दा पहिले नै सञ्चारकर्मीलाई यसबारे जानकारी दिइने उनले बताइन्।अहिले नै ओलीलाई डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको उनले बताइन्। सामान्य मानिसले जस्तै जिउन ओलीलाई ६ महिनादेखि १ वर्षसम्म लाग्ने शाहले बताइन्।ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण भएको ६ दिन बित्दा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको संलग्न चिकित्सकहरुले बताउँदै आएका छन्। चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको खानपिन नियमित हुन थालेको छ।

पदोलोलुप्ता प्रति आलोचना ,

दुई पटक मृगौला प्रत्यरोपण पछि प्रधानमन्त्री ओलीको स्वस्थ  अब देश चलाउन अनुकुल अवस्थाको नहुने चिकित्सकहरु बताउछन । अब उहाको समय आराम गर्ने हो स्वस्थयको हिसाबले पनि उहाँ लाई नियमित सक्रिय कार्यसम्पादनमा समस्या आउन सक्ने देखिन्छ चिकित्सकहरुले भनेका छन् ।सामाजिक संजालहरुमा पनि ओलीले अब पद छोडेर आराम गर्नु पर्ने बताएका छन् ।रोगि व्यक्तिले देश चलाउने यति धेरै ठुलो र महत्वपूर्ण जिम्मेवार बहन गर्न नसक्ने सामाजिक संजालमा उल्लेख गरिएको देखिन्छ ।नेकपा भित्र पनि नेताहरु वीच  भित्र भित्रै नेताहरु    वीच छलफल  भए पनि बाहिर यो कुरा कसले बोल्ने भन्ने समस्या आएको देखिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *