२०८२ फागुन २७ गते | 11th of March 2026

आयातमा कुनै समस्या नरहेकाले अधिक सञ्चय नगर्न सरकारको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन २७ गते १३:२७

काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले बजार आपुर्तिका सम्बन्धमा नीजि क्षेत्रसंग छलफल गरेको छ ।वजारमा उपभोग्य सामानको स्टकको अवस्था, औषधि लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मात्रा के कति छ भन्ने विषयमा छलफल भएको बैठक पछी अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं समितिका सदस्य डा. यूवराज खतिवडाले जानकारी दिनुभयो ।

उहांले खाद्यान्न, पेट्रोलियम पदार्थ खाना पकाउने ग्याँसको आयातमा कुनै समस्या नरहेकाले अधिक सञ्चय गर्न नपर्ने बताउनुभयो । मन्त्री खतिवडाले सर्वधारणलाई भयभित पार्ने खालका सूचना सम्प्रेषण गर्न नहुने भन्नुहुदै सामान्य सर्तकता अपनाउनुपर्ने बताउनुभयो ।उहांले यो अवस्थामा उच्च सर्तकता अपनाउन सबै राजनीतिक दलहरु संग समेत चांडै छलफल हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *