अमेरिका – डरलाग्दो रुपमा संसारभर फैलिएको कोरोना भाईरसको महामारीमा सजग रहन नेपाली समुदायमाझ प्रवासी नेपाली मन्च, अमेरिकाले अपिल गरेको छ ।
मन्चका अध्यक्ष प्रभु थापाद्वारा प्रेषित वक्तव्य :
प्रेस विज्ञप्ति
सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु,
अभिवादन!
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरससंक्रमणको कारण त्रासको अवस्था सिर्जना भएको छ ।सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डरमानिसमा देखिएको छ। कोरोना भाइरसको संक्रमणकाकेही विशेष लक्षणहरु छन्ः ज्वरो आउनु र थकान महसुसहुनु, लगातार खोकी लाग्नु, स्वास प्रस्वासमा समस्या हुनुहुन।
यी लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिने र घरमैबस्नु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । विशेष गरीलगातार खोकी लाग्ने र उच्च ज्वरो आएमा सतर्कताअपनाउनु पर्ने हुन्छ। 
विश्वभर अहिलेसम्म कोरोना भाइरसकोसंक्रमणबाट ९,११५ भन्दा धेरै मानिसको मृत्यु भएको छभने २ लाख भन्दा धेरै संक्रमित छन्। यसबाट सुरक्षित रहनुभनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो ।रुघाखोकी, ज्वरो लागेको व्यक्तिको सोझो सम्पर्कमानरहने, भिडभाडमा सावधानी अपनाउने, सावुन र तातोपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने नै हो।
यतिखेर चाहे अमेरिकामा होस् चाहे नेपालमा अन्य कुनैमुलुकमा त्यहाँको सरकारको आलोचना गर्ने भन्दा पनिसरकारको निर्देशनको पालना र स्वयं सचेत र सतर्क रहनुनै यसको समाधान हो। हामी सवैलाई सतर्कता अपनाउनुहुन् अनुरोध गर्दछौ र अमेरिकामा रहेको नेपाली समुदायको लागि आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहन हुन् ओएनयूएफ का सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दछु साथै बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ र मृतकहरुमा हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ।
प्रभु थापा
अध्यक्ष
प्रवासी नेपाली एकता मंच, अमेरिका