२०८१ साउन ११ गते | 26th of July 2024

कोरोना भाईरसको अबको केन्द्रबिन्दु अमेरिका : विश्व स्वास्थ्य संगठन

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १२ गते १२:१२

काठमाडौं – संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रविन्दु हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ८ सय ७५ को मृत्यु भइसकेको छ भने ६१,९०० हजार भन्दा  बढी संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकमै  थपिएका छन् ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सृजना हुने संभावना उच्च रहेको बताउनुभएको छ । न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतीमा फैलिरहेको बताउनुहुँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्क शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढि संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *