२०८१ वैशाख १५ गते | 27th of April 2024

कोभिड-१९, अमेरिकामा रहेका नेपालीलाई ३०० डलर बरावरको सहयोग गर्ने एनआरएनए अमेरिकाको निर्णय: विभिन्न सहयोग समितिहरु गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १२ गते २१:०१

अमेरिका – विश्व आतंकका रुपमा फैलिएको कोभिड-१९ का कारण अमेरिकामा रहेका नेपालीहरुलाई पर्न गएको समस्यालाई ध्यानमा राखी गैर आसासिय नेपाली संघ एनआरएनए अमेरिकाले समस्यामा परेका नेपालीहरुलाई अत्यावश्यक सामग्री सहयोग गर्ने भएको छ । कोभिड-१९ को असर अमेरिकामा रहेका नेपाली समुदायमा समेत देखिएपछि एनआरएनए अमेरिकाले आपतकालिन कन्फरेन्स बैठक राख्दै कोरोनाका कारण समस्यामा रहेका नेपाली समुदाय तथा बिद्यार्थीको आर्थिक रुपमा कठिनाईलाई ध्यानमा राखि ३०० अमेरिकी डलस बराबरको अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

एनआरएनए अमेरिकाकाको आपतकालिन कन्फरेन्स बैठकले कोभिड-१९ बारे अमेरिकाबासी नेपालीको स्वास्थ्य सुरक्षा सम्बन्धि हुँदै आएका सचेतनामुलक कार्यक्रमको समिक्षा सहित थप जटिल बन्दै गएको यस महामारीका कारण अमेरिका रहेका गैर आवासिय तथा नेपाली बिद्यार्थीहरुलाई आर्थिक रुपमा पर्न सक्ने समस्या न्युनिकरणका लागि बिषेश कोष सञ्चालनमा ल्याउने र सोहि कोष मार्फत अवस्था हेरी बढिमा ३०० सय अमेरिकी डलर बरावरको अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको हो । साथै एनआरएनए अमेरिकाले कोभिड १९ का कारण अप्ठ्यारो अवस्थामा रहेका अमेरिकाबासी नेपालीहरुको सहयोगार्थ गो फण्ड समेत सञ्चालनमा ल्याएको छ ।

बैठकले अध्यक्ष सुनिल साहको संयोजकत्वमा Covid -19 Support Highlevel Committee र Covid -19 Medical Response Team पनि गठन गरेको छ । जस अन्तरगत Covid -19 Support Highlevel Committee मा एनआरएनए अमेरिकाका सम्पुर्ण पदाधिकारीहरु, सल्लाहकार, ४ वटै क्षेत्रका क्षेत्रिय संयोजक तथा सम्पुर्ण च्याप्टरका अध्यक्षहरु, सम्पुर्ण राज्यका फोकस पर्सन र हेल्थ डेक्सका संयोजक रहने छन् भने मा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. केशव पौडेलको संयोजकत्वमा गठित ovid -19 Medical Response Team ले भाषिक समस्याका कारण नेपाली समुदायमा पर्ने असजिलो समेतलाई मध्यनजर गर्दै कोरोना संक्रमणबारे नेपाली समुदाय र बिद्यार्थीको स्वास्थ्य समस्या, स्वास्थ्य परामर्ष तथा आवश्यक जानकारीका लागि सहयोग गर्नेछ ।

अमेरिकाका बिभिन्न राज्यमा समेत कोरोनाको महामारी फैलिएपछि यहाँ रहेका नेपालीको सुरक्षार्थ राखिएको यस बैठकले बिभिन्न क्षेत्रका उपाध्यक्षहरुलाई सम्बन्धित क्षेत्रका अध्यक्ष तथा च्याप्टर गठन नभएका राज्यहरुका फोकस पर्सनलाई आवश्यकता अनुसार Covid-19 Regional Support Committee र Covid-19 State Support Committee गठन गर्नका लागि समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *