२०८१ साउन १२ गते | 27th of July 2024

पौडेल समूह देउवासँग रुष्ट, मन्त्री नपठाउने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते ७:२८

काठमाण्डौं, २४ जेठ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।
कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।
बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा देउवा बधाई ग्रहण गर्न व्यस्त भइरहेको बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा पौडेल समूहका नेताहरुको बैठक बसेको थियो ।
बैठकमा सहभागी एक नेताले भने, ‘सभापति जीले एकलौटी गर्नुभयो । त्यसैले सपथ ग्रहणमा नजाने र मन्त्री पनि नपठाउने निर्णय भयो ।’
राष्ट्रपति कार्यालय शितलनिवासमा पौने २ बजे देउवाको सपथग्रहण समारोह राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *