२०८२ फागुन २९ गते | 13th of March 2026

स्पेनमा कोरोनालाई जितेर घर फर्किएका रिजाल भन्छन्, ‘मनोबल उच्च राख्नुस्, रोग नलुकाउनुस’

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २३ गते २१:५९

भोला लामिछाने – स्पेनको बार्सिलोनामा कोरोना भाईरस लागेर बिगत १० दिन देखी बार्सिलोनाको हस्पिटलमा आई सी यू मा उपचारार्थ बसेर निको भई आज घर फर्केका नेपालमा अर्घाखाची घर भई लामो समय बार्सिलोनामा परिवारका साथ बस्दै आएका विष्णु रिजाल सकुशल घर आउदा स्पेनवासी नेपाली समुदायमा खुसी छाएको छ । उनले उच्च मनोबल राखी रोग नलुकाउन सबैलाई आग्रह समेत गरेका छन् उहाको जस्ताको तस्तै भनाई ।

म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक रहनुहोला हार्दिक अनुरोध छ ।जीवन को जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोघमा हामी संघर्षसिल रहीरहन्छौ । सायद यही नै जिवनप्रति को मोह हो ।
मेरो२ हप्ताको कस्टकर अस्पताल वसाई पछी आज घर फर्के । सतप्रतिसत ठीक भै । समस्त स्पेनवासी /युरोप वासी नेपाली जस्ले मेरो शिघ्र  स्वास्थय लाभको अनुनय विनय गरीरहनु भयो उहाहरु प्रति हार्दिक नमन हार्दिक कृतज्ञता । हजुरहरूकै मायाले मलाई पुनजिवन प्राप्त भएको छ मित्रजनजन ,सुभचिन्तक सवैलाई नमन । मेरो परिवार लाई हौसला दिनुहुने नेपाली दुतावास , मेरा मित्रजनहरु , अग्रजहरुमा ,सवैमा कृतज्ञता ।
– नआत्तिएर मनोवल उच्च राख्नुहोलात्यही मनोवल ले तपाईलाई जिताउनेछ
– कुनैपनि सावधानी मा सम्झौता नगर्नुहोला ।
– रोग लाग्यो भनेर तुच्छ भावमा नरहनुहोला । यस्लाई आकस्मिक सपना सम्झी मानसिक रूप मा आफ्नो विजयपथतिर मुस्किलको सामना गर्न डट्नु होला । किनकी हिनताले रोग प्रतिरोध क्षमता लाई कमजोर वनाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *