२०८१ जेठ ५ गते | 18th of May 2024

कोरोनाको उच्च जोखिममा स्पेनवासी नेपालीहरु

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २९ गते १:५१

भोला लामिछाने – विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण स्पेनमा रहेका नेपालीहरु उच्च जोखिममा परेका छन् । स्पेन गत महिनादेखी लक डाउनमा रहे सगै यहा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । बिशेषगरी स्पेनमा रेगुलरको प्रक्रियामा रहेका ईरेगुलर नेपाली समुदाय निकै दर्दनाक स्थितिमा रहेको छ । यूरोपका बिभीन्न देशहरूमा विभिन्न भिषामा आई अन्त्यमा यूरोपमै सेटल भई उज्ज्वल भविष्य सजाउने सपना बोकेकाहरू यो समस्यामा परेका हुन् ।

स्पेनमा ३ वर्ष लगातार बसेर यहा सरकारको नियम पालन गरी बिभीन्न प्रक्रिया पुरा गरेपछी रेसीडेन्स प्राप्त गर्ने गरिन्छ । यही कर्ममा रहेका थुप्रै नेपाली समुदायका व्याक्तीहरू स्पेनमा बेरोज़गार बनेका छन् । यो समुदायको लागी स्पेन सरकारले केही गरेको पनी छैन अवैधानिक हरू का लागी लक डाउनले जिवन निकै कष्टकर बनाईदिएको छ । घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, बाहीर निस्के पुलीसले फाईन लगाउछ भनेको छ , घरमा रहेको खानाहरू पनी सकीयो सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन” थुप्रै नेपाली दाजुभाई हरू ले दुखेसो पोखे , यसमा पनी भर्खरै नया आएका नेपालीहरू मुख्य मारमा परेका छन् ।

३ महिना अघी पोल्यान्ड हुदै स्पेन आएका एक जना नेपालमा पश्चिम घर बताउने हेर्दा कलिलो उमेरका भाईको पिडा निकै दर्दनाक थियो । १५ लाख दलाललाई बुझाएर बल्ल बल्ल पोल्यान्ड आएपछी भनेको काम पाईएन त्यहा सगै बस्ने नया साथीहरू स्पेनको बारेमा कुरा गरेको सुने र केही महिना अगाडी स्पेन गईसकेको एक जना साथीसग सम्पर्क गरेर यहा आएको , आउदा खर्च पनी सकीएको थियो सम्पर्क गरेको साथीले कोठासम्म खोजेर मद्दत त गरिदिए तर उ पनी काम नभएर धेरै महिनादेखी बसिरहेका रैछन् । त्यै माथी यही समयमा स्पेन पुरै बन्द भयो , घरभित्रै परियो , काम खोज्न उद्योगधन्दा, कलकारखाना, बजार, होटेल रेष्टुरेण्ट हरू बन्द छन् , घरबाट मगाएर खान पनी नसक्ने अवस्था आयो। त्यही माथी बार्सिलोनामा नेपालीलाई कोरोना लागेको समाचारहरूले परिवारमा थप चिन्ता थपेको नाम नबताउने सर्तमा बताए ।

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा नेपाली समुदायको हीतको लागी नेपाली दुतावास पनी छ तर दुताबासले पिडितका लागी ठोस राहत कार्यक्रम ल्याएको देखीएको छैन । स्पेनमा नेपाली समुदायबाट ४० वटा बढी संघ संस्थाहरू रहेका भनीएको छ ४० वटा संस्थाले एउटा संस्थाको तर्फबाट ४० जनालाई नै सहयोग गरे भने १६०० जनालाई राहत उपलब्ध गराउन सक्छ्न यसतर्फ कसैको ध्यान गएको देखीएको छैन ।

स्पेनमा लगभग २ वर्ष भयो दुतावास स्थापना भएको स्पेनको म्याड्डीडमा रहेको नेपाली दुतावासलाई स्पेनमा रहेका नेपालीहरू कती छन् एकीन डाटा समेत अवगत छैन स्थापना भएको २ वर्ष बढी वितीसक्दा पनी नेपालीहरू कहा कती बसोबास गरेका छन् दुताबाससग कुनै एकीन डाटा नहुनु लज्जाको विषय बनेको छ । जब भयो राती तब बुढी ताती भनेझै स्पेनमा कोरोनाको माहामारी नेपाली समुदायमा छिरेपछी दुतावास नेपालीको तथ्याड्क लिन तम्सियो ।यता नेपालमा ७२ को भूकम्पको दैवी प्रकोप हुदा स्पेनबाट सभा करौड रकम सहयोग गरिएको थियो । यतीबेला स्पेन बासी नेपालीहरू कोरोनाको चपेटामा पर्दा कसैले हेरेका छैनन् । यो महामारी यसरी नै बढ्दै गएमा नेपाल सरकारले स्पेनमा रहेका नेपालीहरूलाई सकुशल स्व्देश मा लग्ने वातावरण बनाउनु पर्ने हुन सक्छ यो नेपाल सरकारको आफ्ना जनता प्रतीको उत्ररदायित्व पनी हो यसबारे ध्यान पनी दिएको छैन ।

अहिलेसम्म स्पेनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १ जना थपीए सगै १९ जना पुगेको छ । भने १ जना ठिक भएर घर फर्केका छन् । स्पेनभरीमा १ लाख ४८ हजार संक्रमित छन् उता उपचारपछी घर फर्कनेमा ४८ हजार २१ जना छन् भने १४ हजार ७ सय ९२ को मृत्यू भै सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *