न्यूयोर्क – गत मार्च २४ तारिख विश्व मानवमै सन्त्रास फैलाइरहेको Covid-19 को संक्रमणबाट अमेरिकामा निधन भएको अनिल सुब्वा लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक अनिलको नाममा स्थापना गरिएको gofundme मार्फत संकलन गरिएको जम्मा ($ २१,७०६ ) एकाइस हजार सातसय छ अमेरिकन डलर मध्ये गोफण्डले २.९ % प्रतिशत तथा ३० सेन्ट प्रति सहयोग कटाएर पीडितको परिवारलाई जम्मा बिस हजार नौ सय चालिस अमेरिकन डलर ($20,940.24) राहत सहयोग रकम स्व. अनिल सुब्बाको श्रीमती शान्ता सुब्वाको नाममा रहेको CapitalOne बैकको खाता नम्बर:-(xxxxxx८४३०) मा सिधैं जम्मा हुने गरी स्थानान्तरण गरिएको कुरा राहत जुटाउन खटिएका मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले बताए ।
![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/92818609_1264752333858476_1648443800080613376_n.jpg?_nc_cat=105&_nc_sid=b96e70&_nc_ohc=CUl5cr-7UKAAX8rbSLC&_nc_ht=scontent-lax3-1.xx&oh=c2acccae9a8035376a04f83ccc5e4a47&oe=5EB74F36)
![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/93280408_586901518838079_107503804512993280_n.jpg?_nc_cat=110&_nc_sid=b96e70&_nc_ohc=earbJUKdD58AX9KbUVe&_nc_ht=scontent-lax3-1.xx&oh=1f47ceaa1c60fdd6ce2c9c7165f1b1eb&oe=5EB84809)
१६ दिन अगाडि खोलिएको gofungme मा अमेरिका लगायत अन्य देशबाट पनि आर्थिक सहयोग गरेको देखिएको बताउँदै, नेम्बाङले राहत संकलनका निमित्त सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए। यसले पीडितको परिवारलाई ठुलो राहत पुग्ने जानकारी समेत नेम्बाङले बताएका छन् । ![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/93010600_228032708403352_5774704875183013888_n.jpg?_nc_cat=108&_nc_sid=b96e70&_nc_ohc=7eD_gIB02ZYAX97zQVc&_nc_ht=scontent-lax3-1.xx&oh=013d62eb61915b830580c6df67d24ac2&oe=5EB7A2C0)
यो gofundme लाई भर्जिनिया निवासी डा.देशराज सम्योगले तत्काल संचालनमा ल्याएर निरन्तर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वाले सम्पुर्ण सहयोगी दातालाई सहयोग गर्ने आग्रह गरेका थिए ।![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/92875588_1738256596314167_209332681622683648_n.jpg?_nc_cat=102&_nc_sid=b96e70&_nc_ohc=I1_hyVI0YQQAX9djyEP&_nc_ht=scontent-lax3-1.xx&oh=c82e5320420328a8b39917e261561f42&oe=5EB8AD25)
यसको समन्वय किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।अनिल सुब्वा ( रमेश सम्वाहाङफे ) लिम्बुको गत मार्च २४ तारिख Covid-19 को संक्रमणबाट उपचारको क्रममा न्यू-योर्कको Elmhurst Hospital मा निधन भएको थियो । पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएको अनिल सुब्वा लिम्बु बिगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए ।![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/93303556_234774287578844_6317660282667663360_n.jpg?_nc_cat=109&_nc_sid=b96e70&_nc_ohc=cGhdegBjMEcAX-Yt0qo&_nc_ht=scontent-lax3-1.xx&oh=1eed6c9f10ec8f4966e854836a312877&oe=5EB70C36)
४९ बर्षको अल्पआयुमा नै निधन भएको अनिल लिम्बुको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनु सुब्वा लिम्बु छन् । ![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/92938265_578808782993380_4715084444090761216_n.jpg?_nc_cat=103&_nc_sid=b96e70&_nc_ohc=tJMkMNMTDIEAX94xhrL&_nc_ht=scontent-lax3-1.xx&oh=c5544c400493287b66946759fec6ce35&oe=5EBA0A70)
![](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.15752-9/92937423_219710415923966_4224947359001346048_n.jpg?_nc_cat=109&_nc_sid=b96e70&_nc_ohc=qW8Dqk9LGb8AX9uIysj&_nc_ht=scontent-lax3-1.xx&oh=47b15b3ee80309d23e90d65f2927a800&oe=5EB792BA)