२०८२ वैशाख १७ गते | 30th of April 2025

गैरआवासीय नेपाली संघद्वारा कोभिड-१९ हेल्पलाइन शुरु

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ३० गते १६:५३

गैरआवासीय नेपाली संघले कोरोना भाइरस रोग (कोभिड-१९) बाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको लागि गर्नुभएका समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन सन्चालन गर्ने भएको छ। हेल्पलाइन गैरआवासीय नेपाली संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सन्चालन हुनेछ। यो सेवा अप्रिल १२, २०२० (३० चैत) बाट सुरु हुने कुरा संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ।

कोरोना रोगको महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले सो हेल्पलाइनमा फोन गरेर आ-आफ्ना समस्या टिपाउन सक्नु हुनेछ। भाइबर, ह्वाट्सएपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिनेछ।

सम्पर्क नम्बरहरु‌ ((नेपाल समय) :

बिहान ६ देखि दिउँसो २ बजेसम्म: +९७७-९८४१-२८०००५

दिउँसो २ बजेदेखि राती १० बजे सम्म: +९७७-९८०८-३१२५५५

राती १० बजेदेखि बिहान ६ बजेसम्म: +९७७-९८२३४५८२०४

आफ्ना समस्या फेसबुक (www.facebook.com/NRNAOfficial) वा ईमेल ([email protected]) बाट पनि राख्न सकिनेछ।

कृष्ण के सी
उपसंयोजक
सूचना तथा संचार
गैरआवासीय नेपाली संघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *