२०८१ वैशाख १६ गते | 28th of April 2024

कुवेतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन कांग्रेसको माग

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख १४ गते ५:५९

ओखलढुंगा – नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याउन माग गरेको छ । विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

विभागले करिब ४ हजार गैरकानुनी रुपमा कुवेतमा रहेको भन्दै ती कामदारलाई नेपाल फिर्ता हुन चाहेमा आफ्नै खर्चमा नेपालसम्म पुर्याउने निर्णय कुवेत सरकारले गरेको हुँदा उनीहरुलाई नेपाल फर्काउन माग गरिएको छ । कुवेत सरकारले आज आइतबारदेखि ३० अप्रिलसम्म अवैध कामदारलाई नेपाल फर्कन समय दिएको छ । सो अवधिमा नेपाल फर्कँदा विना भिषा सम्बन्धित देशमा लैजान सक्ने निर्णय कुवेत सरकारले गरेको छ । तोकिएको अवधिमा नेपाल नफर्किए गैह्रकानुनी भागीदार हुने भएकाले उनीहरुलाई तुरुन्तै सुरक्षित तवरले नेपाल फर्काउन विज्ञप्तिमा भनिएको छ ।

विभागका प्रमुख गोविन्द भट्टराईद्वारा जारी विज्ञप्तिमा कुवेत सरकारले गरेको निर्णय नसुनी सरकार चुप लाग्नु आफ्ना नागरिकप्रतिको गम्भिर हेलचेक्र्याईं भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *