प्रेस विज्ञप्ति
‘नेपाली विधार्थी प्रति हाम्रो दायित्व’
Tamang Society Of North America ले नेपाली विधार्थी जो अमेरिकामा International Student, F1 visa holder स्टाटस्मा छन् त्यस्ता विधार्थीहरुलाई यो COVID-19 को भयावहबाट केहि टेवा पुर्याउने उद्देश्य सहित न्युयोर्कका विभिन्न संघ संस्थाहरुको संयुक्त नेतृत्वमा परिचालित समुह “कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुह न्युयोर्क” मार्फत आँउदो शनिवार न्युयोर्क र न्युजर्सीमा बाँडिने विधार्थीहरको राहत (ग्रोसरी) को खर्च ले कम्तिमा ५० प्रतिशत $1500 (पन्ध्र सय डलर)व्यहोर्ने जानकारी Tamang Society Of North America संस्थाको महासचिव डोल्मा लामाले जानकारी गराउनु भएको छ ।![](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.15752-9/96011842_949285852189702_4608320808471756800_n.jpg?_nc_cat=111&_nc_sid=b96e70&_nc_ohc=oq2yAWEHC8UAX-7mvDg&_nc_ht=scontent-lax3-2.xx&oh=e3d875ce0a5e0bf6c2ae1f754be823d3&oe=5EDA0786)
कोभिड-१९ बाट अति प्रभावित राज्य न्युयोर्क लाई विशेष रुपमा लिईरहेको र यस क्षेत्रका समुदायलाई सुरक्षित राख्न न्युयोर्क राज्यमा क्रियाशील संस्था Tamang Society Of America, New York बाट गठित TSA COVID-19 Task Force लाई $2500 (पच्चिस सय डलर) सहयोग यस अघि नै गरि सकेको र TSA COVID-19 Task Force ले समुदायमा काम गरि रहेको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराईएको छ।