२०८३ जेठ २५ गते | 8th of June 2026

नेपाल सरकारद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित नेपालको नयाँ नक्सा सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ७ गते ९:४३

काठमाडौँ – नेपाल सरकारले नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको हो ।

बुधबार एक कार्यक्रम मार्फत मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्। नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ।

आधिकारिक नक्सा सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले यो नक्सा बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *