२०८२ कार्तिक १९ गते | 4th of November 2025

आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ७ गते १४:५५

काठमाडौँ  – सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको समितकाे बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन्।यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *