२०८१ वैशाख ३१ गते | 13th of May 2024

गुञ्जिए बुद्धभूमिका संवेदनाहरू

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ९ गते ७:२०


काठमाडौँ, जेठ ९ गते । लुम्बिनीकेन्द्रित स्रष्टाहरू समेटेर हिजो नेपाल स्रष्टा समाजले अनलाइन साहित्यिक गोष्ठी आयोजना गर्यो । गोष्ठीमा गीत, गजल, कविता, मुक्तकको माध्यमबाट मातृभूमिप्रतिको समर्पणका स्वरहरू बुलन्द बनेका थिए ।

कार्यक्रममा बूँद राना, बनमाली निराकार, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. कपिल लामिछाने, गङ्गा लिगल, रमेश समर्थन, रुद्र ज्ञवाली, विजय सागर, कृष्णप्रसाद बस्याल, डा. हरिप्रसाद भण्डारी, कविराज पौडेल, मन गहिरे, सीता काफ्ले, राजेश खनाल (बाह्रखरी.डट.कम), पुष्पा खनाल र विधान आचार्यले आफ्ना रचनाहरू वाचन गर्नुभयो । समाजमा अध्यक्ष विधान आचार्य र महासचिव खनालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रा.डा. कपिल लामिछानेले वाचित रचनाहरूको समीक्षा गर्नुभएको थियो । वर्तमानमा विकसित समसामयिक राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिलाई स्रष्टाहरूले आफ्ना शव्दहरूमा उनेर राष्ट्रियता, माटो र मुटु, देश, मातृभूमि प्रेम र आपदामाथि विजयको उद्घोष गर्नुभएको थियो ।
गोष्ठी सकिएपछि पनि अनौपचारिक रूपमा गीत, गजल वाचन र छलफल गरिएको थियो ।

नेपाल स्रष्टा समाजले कोरोनाको कारण बन्दाबन्दीको अवस्था भएपनि स्रष्टाहरूबीचको साहित्यिक सम्बन्धलाई जिवन्त राख्न समय समयमा यस्ता भर्चुअल साहित्यिक गोष्ठीहरू गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *