२०८१ साउन १२ गते | 27th of July 2024

कोरोनाको संक्रमण फैलावटमा भारत १० औ स्थानमा

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १२ गते ११:४०

काठमाडौं – कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । सूचीको सबैभन्दा माथि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की तथा भारत छन् ।

भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार त्यहाँ ४ हजार २४ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशहरुको सूचीमा भारत १५औं स्थानमा छ। भारतमा ५७ हजार ६ सय ९२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *