२०८२ जेठ ९ गते | 22nd of May 2025

विप्रेषण रकम तथा कमिसन विदेशी मुद्रामा लिनुपर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १४ गते १५:०६

काठमाडौँ  – नेपाल राष्ट्र बैंकले विप्रेषण भइ आएका सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने ब्यवस्था गरेको छ। कोभिड-१९ को विद्यमान अवस्था कायम रहेसम्मको अवधिका लागि राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो।विश्वका विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली, खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुने गरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउने र त्यो रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरूप भुक्तानी गर्नसक्ने गरी राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको हो।

विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान ब्यवस्था अनुरूप उपलब्ध गराउनु पर्ने छ। साथै यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक वित्तीय संस्था एवं कम्पनीले अन्तिम हिताधिकारी यकिन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नु पर्छ।प्रतिदिन प्रतिपटक प्रतिब्यक्ति अधिकतम १५०० डलरसम्मको कारोबार गर्न पाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *