२०८३ असोज १६ गते | 2nd of October 2026

संविधान  संशोधन विधेयक संसदमा पेश

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १८ गते १५:०४

काठमाडौँ –   संविधान  (दोस्रो संशोधन) विधेयक पेस भएको छ ।प्रतिनिधिसभाको   आईतबारको  बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई पेस गर्नु भएको हो ।

संविधान संशोधन विधेयक पेस गर्नुहुँदै कानुन मन्त्री डा. तुम्वाहाङफेले नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरूपको नक्सा सार्वजनिक गरेकाले संविधानको अनुसूची तीनमा रहेको निशान छापलाई वास्तविक सीमा समेटिएको नक्सा अनुरूप मिलाउन संविधान संशोधन प्रस्ताव पेस गरिएको बताउनुभयो ।  नेपाली कांग्रेसले यस अघि   संबिधान सशोधनको  पक्षमा  सहमति जनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *