२०८१ जेठ १३ गते | 26th of May 2024

१ सय २१ गैर आवासीय नेपालीले कोरोनाका कारण ज्यान गुमाए, बेलायतमा मात्र ६६ जनाको ज्यान गयो

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १८ गते १५:१३

काठमाडौँ  – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरूको सङ्ख्या एक सय २१ पुगेको छ ।गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता थप सात जना नेपालीहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् ।सङ्घका अनुसार युएईमा एक जना, युकेमा एक जना, अमेरिकामा एक जना, बहराइनमा दुई जना, कुवेतमा एक जना र साउदी अरबमा एक जना नेपालीको कोरोनाका कारण ज्यान गएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६६ जना गैर आवासीय नेपालको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको १७ , साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई , कतारमा एक, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्डस्मा एक र स्विडेनमा एक जना नेपालीले ज्यान गुमाएको समितिले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार नेपाल बाहेक कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, स्विडेन, नेदरल्याण्ड लगायतका ३४ देशका १४ हजार चार सय २५ जना गैर आवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये चार हजार पाँच सय भन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *