२०८३ साउन २९ गते | 14th of August 2026

आइतबार  देखि मालपोत खुल्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २४ गते १०:५६

काठमाडौँ –   नेपालमा  आइतबार  देखि मालपोत कार्यालय खुल्ने भएको छ। कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्।

‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’ उल्लेख गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत/ भूमिसुधार शाखाले सूचना निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *