२०८१ साउन १२ गते | 27th of July 2024

अभिनेत्री मनिषा कोइराला सहित उनको परिवारको कोरोना नेगेटिभ

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २४ गते ११:४१

काठमाडौँ  – अभिनेत्री मनिषा कोइराला सहित उनको परिवारको पिसिआर बिधिबाट गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार भैरहवा (बेलहिया) नाका हुँदै स-परिवारसहित नेपाल आएकी अभिनेत्री मनिषा कोइरालाले आफू र आफ्नो परिवारको कोरोना परिक्षण गराएकी थिइन् ।

भारतबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार उनि सपरिवार काठमाडौँको एक होटलमा सेल्फ क्वारेन्टाइनमा  बसेकी छन् । क्वारेन्टाइन अवधीभर मनिषाले आफन्तबाहेक अरूसँग भेट गरेकी छैनन् । नेपाल भारतको सिमा बिबाद पछि नेपालका पक्षमा उनले राखेको धारणा पछि भारतीय मिडियाहरु उनीप्रति खनिएका थिए । त्यस पछि उनि लकडाउनकै समयमा परिवार सहित स्थलमार्ग बाट नेपाल आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *