२०८२ फागुन २६ गते | 10th of March 2026

बायडेनको समर्थनमा जुट्दै नेपालीहरु

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २४ गते १४:२६

लस एन्जलस – अमेरिकामा रहेका नेपालीहरु आगामी राष्ट्रपती निर्वाचनका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका जो बायडेनको समर्थनमा जुटेका छन् । नोभेम्बर ३, २०२० मा हुने रास्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपती डोनाल्ड ट्रंपसँग उनको प्रतिस्पर्धा हुनेछ।

अमेरिकाको बिभिन्न भागमा रहेका नेपालीहरु बीच भर्चुअलरुपमा आगामी चुनावी कार्यमा कसरी प्रचारप्रसार गर्ने भन्ने उद्देस्यले शनिवार बैठक बस्न लागेको छ। सो बैठकको संयोजन लस एञ्जलस कम्युनिटि कलेजका प्राध्यापक रामेश्वर भण्डारीले गर्न लागेका छन् ।

बैठकमा मेरिल्याण्ड राज्यका स्टेट मेम्बर ह्यारी भण्डारी,डेमोक्रेटिक पार्टीको एसिया प्यासिफिक ककसको अध्यक्ष मेलिसा रामोस लगायत अमेरिकाको बिभिन्न भागबाट नेपालीहरुले सहभागिता जनाउदै छन्। सो भर्चुअल मिटिंगमा सबैलाई सहभागी हुनको लागि खुल्ला रहेको भण्डारीले बताए ।

मिटिंग जुन ६, २०२० शनिवार प्यासिफिक समय बिहान १० बजे हुन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *