२०८१ वैशाख १६ गते | 28th of April 2024

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २६ गते १४:३१

काठमाडौँ – नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ का ५८ वर्षिय पुरुषको आज निधन भएपछि कूल मृतकको संख्या १४ पुगेको जानकारी दिनुभयो ।यसैगरी आज थप ३ सय १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज थप २ सय ९४ जना पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ६ जना, सुनसरीका १ जना र मोरङका ९ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ३ जना, पाँचथरका १ जना र सप्तरी राजविराजका ६ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरीएको परीक्षणमा १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपूरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजा र कास्कीका १–१ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ७ जना, रौतहटका ४ जना र पर्साका ८ जना, राप्ती अस्पतालमा गरिएको परीक्षणमा दाङका ४ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना र बर्दियाका १८ जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १० जना सल्यानका ५ जना, र सुर्खेतका १ जना, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।लुम्बनी अस्पतालमा गरिएको परीक्षणमा गुल्मीका १ जना, कपिलवस्तुका १७ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुका ७ जना, महोत्तरीका १२ जना, रौतहटका ७ जना र सर्लाहीका १ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा हाल सम्म ७१ जिल्लाका ३ हजार ५ सय ६ जना पुरुष र २ सय ५६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।यसैगरी आज थप २१ कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ४ सय ८८ पुगेको छ ।मन्त्रालयका अनुसार आज थप १ जना महिला र २० जना पुरुष कोरोना मुक्त भएका छन् ।आज सुशील कोईराला प्रखर क्यान्सर अस्पतालबाट बाँके नरैनापुरका २० जना र कोभिड १९ युनिफाईट अस्पताल बलम्बुबाट १ जना कोरोना मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।हाल सम्म जम्मा ४ सय १९ जना पुरुष र ६९ जना महिला गरी कूल ४ सय ८८ जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *