२०८१ जेठ ६ गते | 19th of May 2024

एनआरएन, अमेरिकाको निर्वाचनमा जाग्दैछन सचिव पदका उम्मेद्वार टेक लामा

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ९ गते २१:०३

लस एन्जलस, अमेरिका ।

लस एन्जलस बस्दै आएका टेक बहादुर लामाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७/२०१९ कार्यकालको लागि सचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

उनकाे उम्मेदवारी बारे थुप्रै व्यक्तिहरुले उनलाई सदस्य उठ्नुपर्ने किन सचिव उठेको भनेर सल्लाह दिनेहरु नै लामाको चुनावले लिएको अग्रता देखेर चिकित हुँदै प्रसंसा गर्न थालेका छन् । सामान्यतया नेपाली समाजमा अरुलाई खराब भनेर आफु राम्रो देखाउने चलान छ । तर लामाको सोच भने अरुको भन्दा फरक छ । अरुलाई नराम्रो देखाएर होइन आफु राम्रो गरेर जाने हो ।

आफु उम्मेदवार भएपछि संस्थालाई नवीन सोचका साथ नयाँ उच्चाईमा पुय्याउन प्रतिवद्ध हुनुभएका लामा एनआरएनए अमेरिकाको आफ्नो टिमको अध्यक्षको उम्मेदवारको घोषणा पत्रलाई आफुहरुले उत्कृष्ट मानेको र आगामी कार्यकालमा घोषणा गरिएका सबै कुरा पुरा गर्ने कुरा बताए ।

आँटिला मात्र होइन जोशिला र कर्मठ पनि छन्, टेक लामा । हालसम्म कुनै निश्चित राजनीतिक आस्थाबाट प्रेणित नरहेको बताउने लामा संस्थालाई थप प्रभावकारी बनाउँदै नयाँ धरातलमा पुय्याउन तन, मन, धन र आफुले आर्जित गरेको कला, ज्ञान, सीप र कार्य कुशलतालाई समेत प्रयोग गर्न तत्पर रहेको बताएछ ।

विगतका वर्षहरूका एनआरएन कार्यसमितिले गरेका सकारात्मक अधुरा कार्यहरुलाई निरन्तरता दिने र आफ्नो कार्यकालको अध्यक्षले ल्याएको घोषणापत्र अनुसार काम गरेर संस्थालाई थप उच्चाइमा लैजान प्रतिबद्धताका साथ आउनु भएका लामाले पश्चिम क्यालिफोर्निया देखि पूर्वको किनारा सम्मै आफ्नो नेटवर्क भएको बताए । यसका साथै थुप्रै सँस्थाहरुमा समान खाले काम गरिसकेकाले एनआरएनए अमेरिकाको सचिव पदको लागि आफु सक्षम भएको थप जिकिर पनि लामाले गरे ।

‘टुक्रेको टुकडी भन्दा सबै नेपाली समुदाय संगै उभिन पाउँदा मलाई गर्भ महशुस हुन्छ’ लामा भले भने, ‘त्यसैले त्यो एकताको मालामा उन्ने भनेको एनआरएनएबाट मात्रै सम्भव छ ।’

यसर्थ सबैसँग सहकार्य गर्दै एनआरएनए अमेरिकालाई सबैको साझा र गौरबको रुपमा विकास तथा विस्तार गर्न टिममा सामुहिक प्रयस गर्ने कुरा लामा बताए । दरिलो रुपमा टिममा खरो रुपमा हिंडेका कारण नै लामाको प्रचार अभियानसंगै अग्रता पनि ह्यात्तै बढेको छ ।

Source : HollywoodKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *