२०८१ मंसिर २० गते | 5th of December 2024

नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको सख्या १५ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २७ गते १५:००

काठमाडौँ – नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका वडा नं. ११ का एकजना पुरुषको आज निधन भएपछि मृतकको संख्या १५ पुगेको जानकारी दिनुभयो । मृतक पुरुषमा ज्वरो, निमोनिया, प्रेसर र सुगरको समस्या समेत रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो ।

यसैगरी आज थप ३ सय २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९२ जना पुरुष र ३१ जना महिलामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना, कोशी अस्पतालमा ईलामका १ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जना र सुनसरीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका २४ जना, नवलपुरका ३ जना, तथा धादिङ, कपिलवस्तु र सप्तरीका १–१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका १२ जना, बागलङका ११ जना र म्याग्दीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २१ जना, महोत्तरीका १९ जना र सर्लाहीका १ जना, राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ६ जना, भरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ९ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका १२ जना र सुर्खेतका ४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना र कैलालीका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यसैगरी, प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २० जना र कपिलवस्तुका २ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २४ जना, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासीका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ जना र सिराहाका १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।नेपालमा हाल सम्म ७२ जिल्लाका ३ हजार ७ सय ९८ जना पुरुष र २ सय ७७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार आज इलाम जिल्ला थप भएको छ ।यसैगरी आज थप ९६ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ५ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ८ जना महिला र ८८ जना पुरुष कोरोना मुक्त भएका छन् ।मन्त्रालयले दिएको जानकारी अनुसार आज कोरोना विशेष अस्पताल जनकपुरबाट धनुषाका ३० जना, युनिफाईट कोभिड १९ अस्पताल बलम्बुबाट काठमाडौका १ जना, कोहलपुर अस्पतालबाट बाँकेका २२ जना, राप्ती अस्पतालबाट बाँकेका ७ जना, विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।नेपालमा हाल सम्म जम्मा ५ सय ७ जना पुरुष र ७७ जना महिला जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *