२०८१ साउन १२ गते | 27th of July 2024

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४ हजार तीन सय ६४ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २८ गते १५:००

काठमाडौँ –   बुधबार  थप दुई सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई सय ५७ जना पुरुष र २२ जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका आठ जना र झापाका एक जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका चार जना, र उदयपुरका एक जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात जना, नवलपरासीका पाँच जना, पाल्पाका १२ जना, प्युठानका छ जना र रुपन्देहीका सात जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका तीन जना र बर्दियाका एक जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका छ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

यसै गरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका २५ जना, जाजरकोटका तीन जना र सुर्खेतका नौ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका एक जना, कैलालीका १२ जना, कञ्चनपुरका दुई जना र डडेलधुराका एक जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका १० जना र कपिलवस्तुका १९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका १६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना, गोरखाका चार जना, कपिलवस्तुका २२ जना, नुवाकोटका एक जना, रौतहटका ५३ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका दुई जना, उदयपुरका तीन जना र सिराहाका एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।नेपालमा हालसम्म ७२ जिल्लाका चार हजार ५५ जना पुरुष र तीन सय नौ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।यसै गरी आज थप ९० जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल सङ्ख्या छ सय ७४ पुगेको छ ।मन्त्रालयका अनुसार आज थप दुई जना महिला र ८८ जना पुरुष कोरोना मुक्त भएका छन् ।

आज कोसी अस्पतालबाट छ जना, कोरोना विशेष अस्पताल जनकपुरबाट ३७ जना युनिफाईड कोभिड १९ अस्पताल बलब्बुबाट एक जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना, सिराहा अस्पतालबाट २० जना र कोरोना विशेष अस्पताल दाङबाट सात जना कोरोना मुक्त भई घर फर्किएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।नेपालमा हालसम्म जम्मा पाँच सय ९५ जना पुरुष र ७९ जना महिला जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *