न्यूयोर्क – एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीकोसंयोजनमा भारतद्धार अतिक्रमण गरिएको नेपाली भूमी फिर्ताकोलागी पहल गरिदिन माग गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमाज्ञापन पत्र पेश गरिएको छ ।
परिषदका लागी अमेरिकी राजदूत केली क्राफ्ट समक्ष जुन ८ मा पेशगरिएको ज्ञापन पत्रमा भारतले नेपाली भूमी अतिक्रमण गरि आफ्नोनक्सामा पारेको बिषयको बिरोध गरिएको छ । “महाकाली नदिपुर्वको भाग नेपालको हुनेछ भन्ने सुगौली सन्धिमा प्रस्ट लेखिएकोअवस्थामा भारतको यो व्यवहार नेपालको सार्बभौमसत्ता बिरोधी छ।” ज्ञापन पत्रमा भनिएको छ । सन् १८१६ मा ब्रिटिस इन्डिया र नेपालसरकारबिच भएको सुगौलि सन्धिले महाकली नदिलाइ नेपालकोपश्चिमी सिमाना मानेको छ । महाकाली नदिको मुहान लिम्पियाधुराभएको र त्यसपुर्वको करिब ४०० किलोमिटर भूमी भारतले बर्षैंदेखीअतिक्रमण गरेको र लिपुलेक पास हुदै तिब्बत जाने बाटो समेतबनाएको जानकारि गराइएको छ । “स्थानिय भाषामा महाकालीनदिलाइ कुटियाँझी भनिन्छ त्यसपुर्वको कालापाली, लिपुलेक, कुटि, नाभी लागायतका भञ्ज्याँगं र उपत्याकाहरु नेपालको भूमी हो ।”ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रको साथमा कालीकोमुहान लिम्पियाधुरा भन्ने प्रमाणित हुने नक्साहरु, त्यस क्षेत्रकाजनताले बिगतमा नेपाल सरकारलाइ बुझाएका मालपोतको रसिद, नेपालले त्यहाँ गरेको जनगणना, नेपालको स्थानिय निर्बाचनमागरिएको मतदानको रेकर्ड र सो भूमी समेटिएको नेपाली नक्सांकितसिक्का समेत पेश गरिएको छ ।
राजदुत केलीका सल्लाहकार अहमद शामालाइ डेलिगेसनकासंयोजक राजन त्रिपाठीले ज्ञापन पत्र हस्तान्तरण गनुभएको थियो ।सो अवसरमा सल्लाहकार शामासंग भर्चुअल अन्तक्रिया पनिगरिएको थियोे । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वयपरिषदको सदस्य जेदु पोखरेलको पहलमा सम्पन कार्यक्रममाएनआरएनए आइसिसि मिडिया एण्ड पब्लिकेशन कमिटिकासल्लाहकार किरण मरहठ्ठा, डेमोक्रेटिक नेशनल कमिटिका सदस्यहरि शर्मा, पिडिआरसी इन्टरनेशनलका निर्दशक भिम बिक र युवासंयोजक इश्वर थापाको सहभागीता रहेको थियो । ज्ञापन पत्र पेशपश्चात थप फलो अफ समेत गरिने आइसिसि सदस्य जेदु पोखरेललेबताउनु भयो ।
ज्ञापन पत्रको बोधार्थ अमेरिकी सिनेटको कार्यलय, अमेरिकी बिदेशमन्त्रालय, संयुक्त राष्ट्र संघका महासचिव, नेपालको परराष्ट्रमन्त्रालय र संयुक्त राष्ट्र संघका लागी नेपाली स्थाइ नियोगलाइसमेत दिइएको छ ।