२०८२ वैशाख ५ गते | 18th of April 2025

मुलुकमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या ४ हजार ६१४ पुग्यो , डिस्चार्ज हुनेको ८६१

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २९ गते ११:२४

काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । तीमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

बिहीबार सुनसरी ३, रौतहट ४२, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, रौतहट १५, महोत्तरी ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका एकजना सङ्क्रमित थपिएका छन्।

त्यसैगरी, आज थप १८७  डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १७९ पुरुष रहेका छन् । याेसँगै कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् । मृत्यु  हुनेकाे सङ्ख्या १५ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *