काठमाडौँ – बुधबार थप ५ सय ८६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ५ सय ४६ जना पुरुष र ४० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज २४ घण्टाको अवधिमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । यस अगाडि यही असार १ गते सोमबार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ र सिराहाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ९ र झापाका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४, महोत्तरीका ५, बाराका ७ र रौतहटका ११ जना, नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १०, महोत्तरीका १ सय ८९, रौतहटका ३९, रुपन्देहीका ३, सर्लाहीका ६ र प्युठानका १८ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २२ र रौतहटका ७७ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका ३ र नवलपरासी पूर्वका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २६, प्युठानका २०, रुपन्देहीका ४ र अर्घाखाँचीका ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बाँकेका १ र बर्दियाका ३१ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ र सल्यानका २५ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेत र दैलेखका २–२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १४ जना, सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
नेपालमा हाल सम्म ७३ जिल्लाका ६ हजार ६ सय ३८ जना पुरुष र ५ सय ३९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।यसैगरी आज थप ९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार १ सय ६७ पुगेको छ ।आज महेन्द्रविनय अस्पताल सिराहाबाट ६ जना पुरुष र नारायणी अस्पताल विरगञ्जबाट ३ जना पुरुष संक्रमण मुक्त भई घर फकिएका छन् ।मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल सम्म १ सय १२ जना महिला १ हजार ५५ जना पुरुष संक्रमण मुक्त भएका छन् । यसैगरी नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा यही असार १ गते मृत्यु हुने बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी ४६ वर्षीय महिलामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या २० पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।मृगौलाको उपचारका लागि अस्पताल भर्ना भएपछि असार १ गते नै स्वाव संकलन गरी हिजो भेरी अस्पतालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ४९ हजार ७ सय ७२ जनाको पिसीआर तथा २ लाख ३३ हजार ५ सय ४३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ९७ जनाको पिसीआर तथा १० हजार २४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ५ हजार ९ सय ९० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
order lasuna without prescription – purchase diarex pills himcolin brand
gabapentin buy online – purchase sulfasalazine generic purchase sulfasalazine pills
order probenecid 500mg pills – cost carbamazepine purchase carbamazepine pill
celecoxib where to buy – cost celebrex 200mg indocin 50mg pills
buy mebeverine generic – mebeverine 135mg ca cilostazol 100 mg cost
order diclofenac online cheap – aspirin 75 mg generic cost aspirin 75mg
generic rumalaya – rumalaya order online buy cheap generic elavil
brand mestinon 60mg – buy pyridostigmine 60mg without prescription buy imuran 50mg without prescription
diclofenac medication – imdur 20mg uk buy generic nimotop
lioresal us – piroxicam ca brand piroxicam
periactin 4mg ca – order periactin online cheap purchase tizanidine for sale
mobic 7.5mg us – buy toradol 10mg pill toradol medication
buy cheap trihexyphenidyl – order cheap emulgel diclofenac gel where to purchase
cefdinir order – buy clindamycin generic
isotretinoin 10mg without prescription – buy dapsone 100mg pills cheap deltasone 40mg
deltasone 40mg cheap – order prednisolone 5mg pills elimite online
brand acticin – cheap retin tretinoin gel sale
betamethasone for sale – order adapalene cream purchase monobenzone without prescription
cost flagyl 400mg – flagyl 400mg ca buy cenforce 100mg