२०८१ वैशाख १६ गते | 28th of April 2024

नेपालमा एकै दिन ६७१ जना सङ्क्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ४ गते १२:५०

काठमाडौँ –  नेपालमा बिहिबार  थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् ।  काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एकजना महिला र ललितपुरमा एकजना पुरूषमा कोरोना संक्रमण देखिएको हो । थप १९ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै निकाे भएकाे ११८६ पुगेकाे छ । पुरूष १०७२ र महिला ११४ निकाे भएका छन् । यस्तै रेड जाेनमा ५१७ र बिहीबार थप ४ जना थपेका छन् ।यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै २२ पुगेकाे छ ।७७ जिल्लामध्ये ७४ वटा जिल्लामा काेराेना भाइरस फैलिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *