२०८२ जेठ ७ गते | 20th of May 2025

नेपालमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न निषेध

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ५ गते १५:२४

काठमाडौँ  – बन्दाबन्दीलाई व्यवस्थित गर्न गृह मन्त्रालयले  सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा सामाजिक दूरी कायम गरिनुपर्ने, राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्नेलगायत विषयहरू समेटिएका छन् ।

यस्तै, कुनै पनि विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व पूजापाठलगायत सामाजिक तथा सांकृतिक कार्यक्रमहरू गर्नपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी १५ जनाभन्दा बढी मानिस भेला हुन नहुने व्यवस्था गरिएको छ ।

त्यस्तै, उत्पादनमूलक क्रियाकलाप उद्योग, कारखाना, पूर्वाधार विकास निर्माण गर्दा एक स्थानमा एक पटक १० जनाभन्दा बढी जम्मा हुन नपाउने तथा कर्मचारीले भिडभाड नगर्ने, सेवा दिँदा सम्भव भएसम्म सेवाग्राहीलाई अनलाइनबाट सेवा मिलाउनेजस्ता विषय समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *