२०८१ वैशाख १६ गते | 28th of April 2024

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ९ गते १५:२४

काठमाडौँ  – पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको १०  हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । यस्तै, थप ७६ जना निकाे भएर डिस्चार्ज भएका छन् । मङ्गलबार मात्रै आठ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन् ।  कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार २२४ पुगेकाे छ, जसमा १८९ महिला र २,०३५ पुरुष छन् ।

रेड जाेनमा काठमाडाैँ र ललितपुरका एक/एक जना थपिएसँगै सङ्ख्या ५०८ पुगेकाे छ ।त्यस्तै दैलेखका ४५ वर्षका एक जना पुरूष काेराेनाका कारणले मृत्यु भएकाे बताउनुभयाे । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेकाे छ ।नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरूको सङ्ख्या ७६ छ । देशभरका ७७ जिल्लामध्ये बाग्मती प्रदेशको रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *