२०८२ फागुन २६ गते | 10th of March 2026

कोरोना संक्रमणका बीच आन्तरिक रुपमा उडान भर्नसक्ने गरि बुद्ध एयरले गर्यो पूर्वाभ्यास

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ११ गते १३:४१

काठमाडौँ –   नेपाललको निजि क्षेत्रको  अग्रणी हवाई सेवा प्रदायक   बुद्ध एयरले  कोभिड-१९ को समयमा आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर पूर्वाभ्यास गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर बुद्ध एयरले उडानको सम्पूर्ण प्रकृया पूरा गरी पूर्वाभ्यासको नमूना प्रर्दशनी गरेको हो ।बिहीबार यसरी गरिएको पूर्वअभ्यास साँच्चिकै उडान भर्न लागेको जस्तो देखिन्थ्यो ।पूर्वाभ्यास उडानमा बुद्ध एयरका कर्मचारी, यात्रु, चालक दलका सदस्य लगायतले आ–आफ्नो भूमिका कुशलतापूर्वक निभाएका थिए । यस क्रममा विमानस्थलको प्रवेशद्वारमा ज्वरो मापन, स्यानिटाइज गर्ने, विमानसम्म पुग्न प्रयोग हुने सवारी साधनमा सामाजिक दूरी कायम गर्ने प्रक्रियामा सबैलाई अनिवार्य गरिएको थियो । सबैलाई मास्कको प्रयोग र विमानस्थलमा शौचालय जान र पानी प्रयोग गर्न रोक लगाइएको थियो ।

यस प्रक्रियामा यात्रु, कर्मचारी, चालक दललगायतले कोरोनाको जोखिममा आन्तरिक उडान खुलाउँदा अपनाउनुपर्ने सुरक्षाका सावधानी सबै अपनाएको देखिन्थ्यो । सुरुमा टिकटिङदेखि नै कोभिडविरुद्ध अपनाउनुपर्ने सबै सावधानी बुद्ध एयरले अपनाएको देखिन्थ्यो । यो पूर्वाभ्यासले नेपालले आन्तरिक रुपमा उडान भर्नसक्ने सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *