लस एन्जलस । लस एन्जलसमा वरिष्ठ भाषाविद्, कवि तथा साहित्यकार माहानन्द सापकोटाको ११८ औँ जन्मजयन्ती समारोह सम्पन्न भएको छ । सोही अवसरमा अनेसास लस एन्जलस च्याप्टरको मासिक साहित्य श्रृंखला काब्य गोष्ठी पनि सम्पन्न गरियो ।
अनेसास एल ए च्याप्टरका अध्यक्ष डन कार्कीको सभापतित्वमा रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रकाश चन्द्र घिमिरेले गरेका थिए । वरिष्ठ कवि महानन्द सापकोटाको जीबनी माथि संक्षिप्त प्रकाश पार्दै आफ्नो कविता वाचन गरेका थिए प्रमुख अतिथिमा आसिन अनेसासका कोषाध्यक्ष शन्तिराम ढकालले । हिन्दु धर्मबिद् तथा नेपालका रेडियो तथा टेलिभिजनका पूर्व धार्मिक कार्यक्रम प्रस्तोता पुरुश्वत्तम सापकोटा र संस्थाकी उपाध्यक्ष सुशिला पाण्डे द्वारा सुमधुर लयमा रचनाहरू प्रस्तुत गरिएका थिए ।![Displaying IMG_0131.JPG](https://mail.google.com/mail/u/0/?ui=2&ik=169e96c58a&view=fimg&th=15cec2ecc5338b2a&attid=0.1&disp=inline&safe=1&attbid=ANGjdJ-mKPPL1WKqngvs6M1qxXU39iHMS1VJQk--d4DAAjwzU_l7K2ohPYtzrdwBZy-hwUp5rgNMvKAMOFxzKUymOOZ6cqBIRoRAzGIORzKTYVDolEkvDoG8cPuuGWo&ats=1498611139939&rm=15cec2ecc5338b2a&zw&sz=w1680-h895)
वयोवृद्ध कवि चुडाबसन्त लम्सालद्वारा नेपालका चार महत्त्वपूर्ण कुराहरूको वर्णन गरिएको कुशल रचना वाचन गरिएको थियो भने राम लामाले प्रेम रसले भरिएको कविता वाचन गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष तिलक कार्कीले चेली बियोगको भाबपूर्ण रचना वाचन गरेका थिए भने महासचिव प्रकाश चन्द्र घिमिरेले आफ्नो मातृभूमिको दु:खाईलाई कुशल तरिकाले लेखिएको कविता वाचन गरेका थिए ।
![Displaying IMG_0132.JPG](https://mail.google.com/mail/u/0/?ui=2&ik=169e96c58a&view=fimg&th=15cec2ecc5338b2a&attid=0.3&disp=inline&safe=1&attbid=ANGjdJ8uLOgjuujY8LRpZ7YX0vdZqfUTiUTcS74yAfKHOGNmTd4dZnVy2mNgw8iK6HexQls7lHOkfiT792vZoQEEgWLQDHpymhbFlFks0KjhPQtxOInLW0TYek4EUOA&ats=1498611139939&rm=15cec2ecc5338b2a&zw&sz=w1680-h895)
पहिलो पटक सहभागी कवियत्री रिता पौडेल निरौलाको मिठो कविता वाचनले सहभागी साहित्य प्रेमी श्रोताहरुको मन जितेको थियो ।![Displaying IMG_0133.JPG](https://mail.google.com/mail/u/0/?ui=2&ik=169e96c58a&view=fimg&th=15cec2ecc5338b2a&attid=0.5&disp=inline&safe=1&attbid=ANGjdJ9aKZbvO_4mP4cITu0HcFtS9bSv-XSzERe90U_VY0n631D-AJHmoldDGlOh-x7UN5J_Ji28sw0oEqCZt6xOiF2DU68hKU9MEtGtzeSgj2SFSiMApe9QPp2_Pnk&ats=1498611139939&rm=15cec2ecc5338b2a&zw&sz=w1680-h895)
आफ्नो ब्यस्तताका बाबजुद कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण स्रष्टा तथा श्रोताहरुलाई समारोहका सभापति डन कार्कीले धन्यवाद व्यक्त गर्दै कार्यक्रम बिसर्जन भएको घोषणा गरेका थिए ।