२०८१ साउन १२ गते | 27th of July 2024

मंगलबार थप ३ सय १६ जना कोरोना संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १६ गते १४:३८

काठमाडौँ –  मंगलबार थप ३ सय १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ४५ जना पुरुष र ७१ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हाल सम्म ११ हजार ९ सय ७ जना पुरुष र १ हजार ६ सय ५७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।यसैगरी आज थप ६० जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ३ हजार १ सय ९४ पुगेको छ । नेपालमा हाल सम्म २ सय ७७ जना महिला र २ हजार ९ सय ६६ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा २ लाख २८ हजार ३ सय ४१ वटा पिसीआर विधिबाट परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ वटा पिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा १० हजार ३ सय ४१ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *