२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको आलोचना, नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्बाचन आयोगमा  निवेदन

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १६ गते १४:५९

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबारको स्थायी कमिटी बैठकमा स्थायी अचानक प्रधानमन्त्रीको अभिव्यक्तिले प्रवेश पाएको छ  । मंगलबारको बैठकमा सीमा समस्या र समाधानको कार्यसूचीमाथि शीर्ष नेताले बोल्ने पालो थियो । आजको  बैठकमा   धारणा राख्ने पालो झलनाथ खनाल र माधव नेपाललगायत नेताको थियो । तर आज छलफल मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्री ओलीले बालुवाटारमा दिएको अभिव्यक्तिमै छलफल केन्द्रित भयो ।  आजको बैठकमा नेताहरूको प्रस्तुति, आक्रामक शैलीले कतिपय नेता निराश बन्न पुगेका थिए ।

शीर्ष नेताहरूको कुरा सुनिसकेपछि दिउँसो ३ बजेतिर प्रधानमन्त्री  एबम अध्यक्ष केपी शर्मा ओली बैठकस्थलबाट बाहिरिएका थिए । त्यसपछि उनी फर्किएर नआएको एक सदस्यले  खुल्लामंचलाई बताए  । प्रधानमन्त्री बाहिरिएपछि बैठकमा चर्काचर्की परेको र विषय गम्भीर मोडतिर पुगेको सङ्केत बाहिर आएका  ति स्थायी कमिटी सदस्यले दिएका थिए । बैठकको  सुरुमा रघुजी पन्त र अष्टलक्ष्मी शाक्यले नेताहरूले मञ्चबाट बोलेकाप्रति आपत्ति प्रकट गरेका थिए । उनीहरूले स्थायी कमिटी सदस्य सबैको हैसियत बराबर हुने भन्दै ‘कम्युनिस्ट प्रणाली’बाट बैठक सञ्चालन गर्न माग गरेका थिए । मंगलबार बोल्नेजति सबै ओलीइतर समूह (प्रचण्ड–नेपाल पक्षीय) हुन् ।

नेकपाको बैठकमा दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको भन्दै स्थायी कमिटी सदस्य सशङ्कित बन्न पुगेका थिए । अध्यादेश प्रकरणजस्तै नेकपा नेताले कतै ओलीकै चालबाजी त होइन भने शङ्काको सुविधा दिएको थियो । प्रवक्ता नारायणकाजीले सन्ध्या तिवारी नामकी महिलाबाट आवेदन परेको नयाँ पार्टीबारे बैठकले ओलीसँग सोधनी गरेको बताए । जवाफमा ओलीले मेरो पार्टी नेकपा हो, दर्ताका लागि निवेदन परेको पार्टीबारे आफूलाई थाहा नभएको बताएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *