२०८१ वैशाख २१ गते | 3rd of May 2024

बुधबार एकै दिन एक हजार चार सय ६२ जना सङ्क्रमण मुक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १७ गते १४:३७

काठमाडौँ  – कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार  एकै दिन एक हजार चार सय ६२ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट  एक हजार चार सय ६२ जना सङ्क्रमण मुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या चार हजार छ सय ५६ पुगेको जानकारी दिनुभयो ।

यसै गरी आज थप ४ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि कूल सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता  डा.गौतमले दिनुभएको जानकारी अनुसार आज थप तीन सय ६५ जना पुरुष र एक सय १७ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।नेपालमा हालसम्म १२ हजार दुई सय ७२ जना पुरुष र एक हजार सात सय ७४ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।यसै गरी यही असार १४ गते मृत्यु भएका अछामका ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

अछामको रामरोसन गाउँपालिका वडा नं. ५ निवासी पुरुष श्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते बयलपाटा अस्पताल भर्ना भई उपचारका क्रममा निधन भएको मन्त्रालयले जनाएको छ । मृतक पुरुषमा मधुमेहको समेत समस्या रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा दुई लाख ३३ हजार दुई सय २७ वटा पिसीआर विधिबाट परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा चार हजार आठ सय ८६ वटा पिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा नौ हजार तीन सय ६० रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *