२०८१ वैशाख २० गते | 2nd of May 2024

९० लाख सलह किरा नेपाल प्रबेश गरेको अनुमान, दाङमा बढी असर पुर्‍याउने

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १७ गते १५:००

काठमाडौँ – भारतको उत्तराखण्डबाट सलह पुुनः नेपाल प्रवेश गर्ने जोखिम बढेको   बताईएको छ । हावाको वेग पश्चिमबाट पूर्वतर्फ चलेकाले यो सम्भावना बढेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । यस्तै दक्षिणबाट उत्तर हावाको गति गए उत्तर प्रदेशको बिहारबाट पनि नयाँ सलह भित्र्न सक्ने जोखिम देखिएको उनले बताए । नेपालका विभिन्न जिल्ला हुँदै उत्तराखण्डतर्फ गएको सलह हावाका कारण पुनः नेपाल फर्किएर दाङको राप्ती किनारमा बसेको सुवेदीको भनाइ छ । अन्य जिल्लामा बालीलाई धेरै असर नपारे पनि दाङमा भने बढी नै असर पुर्‍याउने देखिएको छ ।

सुवेदीका अनुसार दाङमा रहेको एउटा ठूलो संख्याको सलहको झुन्ड बालीमा बसेको जानकारीमा आएको बताए । “त्यो झुन्ड ठूलो संख्यामा रहेकाले बालीलाई असर पार्ने देखिएको छ,” उनले भने । त्यसअघि सलहले मकवानपुर, रूपन्देही र चितवनका केही बालीमा असर पारेको थियो । सर्लाही, बारा, पर्सा, भैरहवा, कपिलवस्तु र दाङबाट नेपाल प्रवेश गरेको सलह पुनः भैरहवाबाट पनि प्रवेश गरेको थियो । उत्तराखण्डतर्फ गइसकेको सलह पुनः फर्किएर दाङमा आएको हो । त्यसबाहेक थप सलह नेपाल प्रवेश गरिसकेको छैन । तर, हालसम्म करिब ९० लाखको संख्यामा सलह प्रवेश गरेको अनुमान गरिएको सुवेदीले बताए । “रूपन्देहीमा एकैपटक करिब २५ लाखको संख्यामा सहल आएको थियो । त्यसअघि सानो सानो झुन्डमा आएको थियो । तर, पाँचवटा ठाउँबाट आएको कुल सलह करिब ८०–९० लाख रहेका अनुमान गरिएको छ,” उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *