२०८१ वैशाख २१ गते | 3rd of May 2024

मेरो अंगालो खाली छ भन्दै आए हरि लामिछाने (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १८ गते ६:०८

टेक्सास – युवा गायक तथा संगितकार हरि लामिछानेले मेरो अगांलो खाली छ भन्दै नयां म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै संगित र आवाजमा बिभिन्न गितहरु बजारमा ल्याएर युवा बर्गको मन जित्न सफल भएका लामिछानेले कोरोना महामारीकै बिचमा नयां म्यूजिक भिडियो दर्शक सामु ल्याएका हुन् । बिराटनगरबाट गायन यात्रा शुरु गरेका लामिछानेले नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायांकन गरेर म्युजिक भिडियो तयार पारेका छन् । चर्चित ढुंगेलका शब्दलाई राजन ईशानले एरेन्ज गरेका छन् । हरि क्रियशनले निर्माण गरेको भिडियोलाई छायांकन मनिष श्रेष्ठले गरेका हुन् ।

बिभिन्न चर्चित कलाकारका गितहरुलाई कभर गाउंदै गायन यात्रा अगाडि बढाएका लामिछानेले युवा बर्गमा आफ्नो राम्रो पहिचान बनाएका छन् । लामिछाने अमेरिकाबाट सन्चालित चर्चित टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका सह निर्माता समेत हुन् । गित रिलिज गरेपछि लामिछानेले भने युवा बर्ग यतिबेला महामारीका कारण तनावमा रहेको अवस्थामा आफुले यस गित मार्फत केहि हदसम्म भए पनि रमाईलो गराएर तनाव मुक्त गराउने प्रयास गरेको हुं । हाल टेक्सासको ड्यालासमा श्रीमती प्रमिला र छोरा एल्भीन सहित रहेका लामिछाने बिगत ८ बर्षदेखी अमेरिकामा छन् ।

हेर्नुहोस् पुरा भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *