२०८१ वैशाख २२ गते | 4th of May 2024

सान्फ्रान्सिस्को बे-एरियामा भानु जयन्ती मनाईंदै

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १८ गते ६:१९

सान फ्रान्सिस्को – क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे-एरीयामा भानु जयन्ती मनाईने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यो बर्षमा पनि अन्तराष्ट्रिय साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा भव्यताका साथ भानु जयन्ती मनाइने भएको हो ।

नेपाली कला, साहित्य र संगीतलाई सधैं जगेर्ना गर्दै अगाडी बढेका दुई संस्थाहरू समुन्द्रपारिका मन र विकल्प फाउण्डेशनको सह-संयोजकत्वमा आयोजित कार्यक्रम जुलाई १२ गते आइतबार भानु जयन्तीको दिन जुमबाट हुने जनाइएको छ । 
नेपाली भाषालाई सर्व साधरणको जनजिव्रोमा पुर्याउंदै भाषिक एकीकरण गरेका आदि कविको सम्झनामा मनाउन लागिएको यो विशेष कार्यक्रममा अनेसासका केन्दीय अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आथित्यता रहने छ ।

यो कार्यक्रमलाई बे एरीयामा रहेका अव्य संघ-संस्थाहरु पनि सहभागिता जनाउने भएका छन्। उक्त कार्यक्रममा कविता, गजल, मुक्तक र गीत आदि समावेश गरिने छ ।क्यालिफोर्निया लगायत विश्वभरी रहेका साहित्यानुरागी महानुभावहरू जोडीन सक्नेछन् ।

कार्यक्रमको विस्तृत बिवरण :
मिति: जुलाई १२, आइतबार बेलुका ५ बजे (PST)
Meeting Link: https://us04web.zoom.us/j/74690852371
Meeting ID: 746 9085 2371
Meeting Password: 1C8mK1

Leave a Reply

Your email address will not be published. Required fields are marked *