काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै संदनको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति समक्ष संसदको अधिवशेन अन्त्य गर्न सिफारिश गरेको थियो । राष्ट्रपतिले संसद सचिवालयलाई पठाएको सूचनामा नेकपालको संविाधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिश अनुसार संघिय संसदको दुबै सदन बुधबार सँझ ५ बजेबाट अन्त्य भएको उल्लेख गर्नुभएको छ ।