२०८१ वैशाख २० गते | 2nd of May 2024

फुटको संघारमा नेकपा, स्थायी समिति पार्टी फुटको प्लेटफर्म पनि हुन सक्छ : प्रचण्ड

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १८ गते १५:१७

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा रहेको बताएका छन्।

बालुवाटारमा पार्टी स्थायी समिति बैठक चलिरहँदा सरकारले संसद अधिवेशन अन्त्य गर्न गरेको  निर्णय बारे  केहि सदस्यहरु  बिमुख बने ।  सरकारको यो निर्णय पछि बैठक केहीबेरका लागि स्थगित गरेर प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीसँग छलफल गरेलगत्तै प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए। राष्ट्रपतिलाई भेटेर आएपछि फेरि बैठक सुरु भएको थियो। बैठकमा प्रचण्डले केहीबेर आफ्ना धारणा राखेका थिए।‘पार्टी एकता गम्भीर संकटमा परेको भन्दै  बैठकमा  प्रचण्डले यो स्थायी समितिले पार्टी एकता पनि घोषणा गर्न सक्छ। यही स्थायी समिति पार्टी फुटको प्लेटफर्म पनि हुन सक्छ’  भनेका छन् ।  अब जे पनि निर्णय हुनसक्छ त्यसका लागि तयार  रहन समेत  सुनाए ।’

यसअघि असार १० गते स्थायी समिति बैठकको सुरुमा पनि प्रचण्डले पार्टी विभाजनको संघारमा पुगेको बताएका थिए।‘पार्टी विभाजन भएमा पूर्व एमाले एकातिर, पूर्व माओवादी अर्कोतिर हुने स्थिति आउँदैन’ प्रचण्डको भनाई उदृत गर्दै एक सदस्यले  भने ‘पूर्व एमाले र पूर्व माओवादी मिसिएर पार्टी विभाजन हुन सक्छ, तर हामी त्यो दिशामा जानु हुँदैन।’ प्रधानमन्त्री ओलीले दल विभाजनका लागि खुकुलो बनाउने ऐन समेत ल्याउन सक्ने खतरा रहेको प्रचण्डले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *