२०८१ जेठ ७ गते | 20th of May 2024

टेक्सासबाट भुवन आचार्य एनआरएन अमेरिका उपाध्यक्ष पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १४ गते १९:३४

करिब महिना दिनसम्ममा सम्पन्न हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि धेरै पहिले उपाध्यक्ष पदमा निर्वाचनमा भाग लिने घोषणा गरेका टेक्सासका सामाजिक अगुवा बिचमा मौन रहेपनि आफु एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि उपाध्यक्ष पदमा चुनाव लड्ने बताएका छन ।

चर्चित नेपाली सामुदायिक संस्था एनएसटी लगायत डालसका प्राय: सम्पूर्ण संस्थामा पदिय हैसियतमा रहेर अहम भूमिका निभाएका आचार्यको उपाध्यक्ष पदमा अाधिकारिक घोषणाले तरगिंत हुँदैछ, डालसमा एनआरएन निर्वाचन बहस । स्पष्ट, हठी र प्रचार काम खोज्ने आचार्यले ‘टीम मिलाउनका लागि आफु बिचमा मौन बसेको’ बताउनुभयो ।

टीम कुन ?

गौरीराज जोशीको टीम निर्माण, चुनावी माहौल, आंट र भरोशाले साथ दिदैं आएका ‘गौरीराज जोशी चुनावी अभियान’ का एक हस्ती आचार्य ‘कसलाई सहयोग गरियो र निभाईएको भूमिकाको प्रचार गरिनु जरुरी छैन’, ‘शुरुका दिनदेखी जोशी टीमलाई भरोशाको केही सिंढी बनाउन म स्पष्ट लागेको छु ।’ भन्नुहुन्छ । अत: गौरीराज जोशीको टीमबाट आफु उपाध्यक्ष पदको उम्मेद्वार रहेको बताउनुहुन्छ । विश्वस्त शुत्रका अनुसार खेस्रा रुपमा निर्माण भएको जोशीको टीममा टेक्सासको भरोशा र विश्वाशका लागी अध्यक्ष पदका उम्मेद्वार गौरीराज जोशी कुनै पनि हालतमा आचार्यलाई उपाध्यक्ष पदमा देख्न चाहन्छन । नेपाली जनसंपर्क समिती, अमेरिकाको समेत भुमिकामा रहेका आचार्यलाई छोडी जोशी डालसबाट एक्लै चुनाव लड्न चाहदैंनन ।

के होला जोशीको टीमको जोड घटाऊ !

सामाजिक संजाल र केही संचार माध्यमबाट गौरीराज जोशीको टीमको घोषणा भएको ? भनिए पनि त्यो पूर्ण रुपमा अाधिकारिक नभएको जोशी चुनावी अभियानका एक सदस्य बताउंछन । भुवन आचार्यको उपाध्यक्ष पदको उम्मेद्वारी घोषणाले उपाध्यक्ष पदमा हेरफेर हुन सक्ने ती सदस्य बताउंछन । उपाध्यक्ष पदमा निर्वाचन लड्ने भनि निरन्तर प्रचारमा लागेका जोशी टीमका सदस्यहरु आचार्यको घोषणालाई टीमको शक्तीको रुपमा लिंदै पदिय बांडफांड कुनै पनि हालतमा मिलाउने बताउंछन । ‘आचार्यको घोषणाले टीमलाई बलियो बनाउंछ, शक्तिका लागी टीमा सदस्यहरुले समझदारी गर्नेछन, यो ठुलो बिषय होईन । परिवारभित्रको सल्लाह सजिलै मिल्नेछ ।’ ती सदस्यले खुल्लामन्चलाई बताए ।

न्याकको सम्मेलन लगत्तै जोशीको अाधिकारिक टीम

यसै हप्ता डालसमा सम्पन्न हुन गैरहेको न्याक (NAC) को दोस्रो सम्मेलनमा भाग लिने बहाना पारेर एनआरएन अमेरिकाको निर्वाचनका प्रत्याशीहरु बिशेष गरी गौरीराज जोशीका टीमका बहुसंख्यक सदस्यहरु डालास ओर्लदैंछन । सबैभन्दा बढी भोट सदस्य संख्या रहेको डालसमा आफ्नो आन्तरिक प्रचार, सम्मेलनमा सहभागिता र गौरी जोशीको टीम निर्माणको अन्तिम आन्तरिक बैठकले जोशी टीमको ‘आधिकारीक सुची’ तय गर्नेछ । बर्तमान एनआरएन अध्यक्ष डा. केशब पौडेल, अर्का प्रत्याशी तथा बर्तमान उपाध्यक्ष स्थानिय राम सी पोखरेल र गौरीराज जोशीको एउटा टेबलमा पक्कै भेट हुनेछ । सहमती केही पाक्ला या नपाक्ला तर जोशी टीमको अन्तिम सुची न्याकको सम्मेलन लगत्तै बन्ने ती सदस्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *