२०८१ जेठ ६ गते | 19th of May 2024

रुकुम घटनामा ज्यान गुमाउने ६ जनाका परिवारलाई अमेरिकाबाट सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २७ गते ६:३३

अमेरिका –  गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरीकामा रहेका पत्रकारद्धय दिनेश जंग शाह र भोला आचार्यको पहलमा खोलिएको गो फन्डमा ६७ जना नेपालीहरुले जम्मा गरेको ४ लाख २० हजार रकमलाइ शुक्रवार नवराज विकको घरमा एक कार्यक्रमको आयोजना गरि पिडित परिवारलाइ हस्तान्तरण गरिएको छ ।

कथित माथिल्लो जातकी प्रेमिकालाइ वेहुलीको रुपमा भगाउन गएका भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विक र उनको साथमा गएको वेला सोतीका स्थानीयहरुको आक्रमणवाट हत्या गरिएका अन्य ५ जना भेरी नगरपालिका ४ कै सन्दीप विक सन्जु, गणेश वुढा मगर, सोहि नगरपालिकाको ११ नम्वर वडाका लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका(२ नाखिराका टीकाराम सुनार पिडित परिवारलाइ जम्मा भएको ४ लाख २० हजार रुपैया प्रति परिवार ७० हजारका दरले वितरण गरिएको छ । गो फण्डमा जम्मा भएको ३ हजार ६ सय २७ डलरबाट फेसबुक र नेपालमा पैशा पठाउन लागेको खर्च कटाई ३ हजार ४ सय ९७ रुपैया ३ पैशा डलर अर्थात ४ लाख २० हजार रुपैया वितरण गरिएको हो ।
उक्त रकम सहयोग गर्नेहरुमा प्रेम केसि, रेशम घर्ति, बसन्त लम्साल, प्रेम बृन्दा गुरागाँई, रमेश न्यौपाने, यादवराज वलि, गुणराज लुईटेल, अर्जुन मैनाली, माधव पाण्डे, दोर्ण गौतम, पदम विष्वकर्मा, वालकृष्ण लामिछाने, निदेश अधिकारी, शिब मुल, बासुदेव कुसारी, प्रकाश थापा, ऋषि ढकाल, अर्जुन बन्जाडे, अमर भण्डारी, हिमालय खबर डटकम परिवार, मुक्ति गौतम, कुशल अधिकारी, विष्णु मगर, जिनिता श्रेष्ठ, हरिवोल भण्डारी, दुर्गा भुजेल, सुनिलमणि दाहाल, सुनिल साह, पशुपति पाण्डे, ज्योति देवकोटा, प्रकाश श्रेष्ठ, पाशाड शेर्पा, आनन्द विष्ट र रामहरि अधिकारी रहेका छन् । त्यसैगरि राजेन्द्र वाग्ले, शिब विष्ट, महेश अधिकारी, अनुप खनाल, विजयराम पौडेल, प्रेम श्रेष्ठ, प्रमोद घिमिरे, भरत अर्याल, गणेश विष्ट, , बालकृष्ण वस्नेत, गौरीराज जोशी, किशन धामी, गोकुल ढकाल, शेर के सि, पोमा जिटी, तिलक श्रेष्ठ, भिमराज बुढाथोकी, चक्रपानी अधिकारी, सुरज भण्डारी, प्रभात सापकोटा, राजन त्रिपाठी, विनोद अधिकारी, केशव पौडेल, उमा कार्की थापा, नेपालय न्युज, राम सि पोखरेल, भानु आचार्य, विमल डाँगी, दिपक तिवारी, सच्ची मैनाली, दिनेश परियार, दिनेश जंग शाह र भोला आचार्यले सहयोग गरेका थिए

उक्त रकमलाइ भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्वजंग शाह, सोती हत्याकान्ड संघर्ष समितिका सहसंयोजक छवि पन्त, समाजसेवी तथा पस्चिम रुकुमका समाजसेवी तिलक भन्डारी, काँग्रेस जाजरकोटका नेता मुक्ति आचार्य र काँग्रेस नेता शिवप्रसाद आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग रकम मृतक युवाहरुका आमाहरुलाइ प्रदान गरिएको थियो । पीडितका परिवार तथा हस्तान्तरण गर्ने स्थानियहरुले अमेरिकामा रहेका पत्रकारद्धय शाह र आचार्यलाई धन्यवाद दिएका थिए । उक्त सहयोग हस्तान्तरणका लागि पिडितहरुसंग समन्वय र कार्यक्रम सन्चालन कुशेमालिका अनलाइनका सम्पादक पत्रकार जनक केसीले गरेका थिए ।
अदालतको आदेशमा घटनाका दोषी वडाअध्यक्ष सहित २३ जना पुर्पक्षका लागि थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *