२०८१ माघ २६ गते | 8th of February 2025

बाढी पहिरोको उच्च जोखिम क्षेत्रहरू पहिचान गरी तयारी गर्न सबै निकायलाई निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २७ गते १४:५०

    काठमाडौँ –  विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आजको बैठकले बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी त्यस स्थानमा उद्धार र राहतका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्न सबै निकायलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगत केही दिन देखिकोे अविरल बर्षा अझै केही दिन जारी रहने र थप धन–जनको क्षती हुन सक्ने निष्कर्ष निकाल्दैे सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको परिषद्का सदस्य सचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।

बैठकले बाढी र पहिरोका कारण अवरूद्ध भएका सडक खुलाउने र पुल तथा अन्य पूर्वाधारहरू यथासम्भव छिटो पुनः निर्माण गर्ने समेत निर्णय गरेको सदस्य सचिव पोखरेलले जानकारी दिनुभयो ।बैठकले बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा भएको धन–जनको क्षतिको समिक्षा गर्नुका साथै उद्धार तथा राहतका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको सदस्य सचिव पोखरेलले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू राष्ट्रिय योजना आयोगका उपध्यक्ष, एवं विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *