२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरको सचिव पदमा संचारकर्मी रोशन अधिकारीको उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १६ गते २१:११

आगामी २०१७-२०१९ को लागि हुन गईरहेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया च्याप्टरको सचिब पदको लागि सनफ्रान्सिस्को निवासी संचारकर्मी रोशन अधिकारीले आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । सन १९९५ देखि पत्रकारिता शुरु गर्नु भएको अधिकारी नेपालमा रहंदा स्थानिय पत्रिका देखि राष्ट्र स्तरीय पत्रिकामा काम गरिसकेको अनुभब छ । नेपाल रेड्क्रस लगायत बिभिन्न गैर सरकारी संघ संस्थाहरुका जिम्मेवार पदमा रहेर काम गरेको अनुभब पनि संगालेका छन, अधिकारीले ।

सन २०१२ देखि आफ्नो जन्म भुमी छोडी अमेरिकाको हलिवुड नगरी लस एन्जलसमा आउनु भएका अधिकारीले नेपाल अमेरिका एकता समाजमा पनि रहेर काम गरि सक्नु भएको छ भने लस एन्जलसबाट बसाई सरि सान्-फ्रान्सिस्को आएपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपाली समाजमा सेवा- योगदान दिदैं आउनुभएको छ । बे एरियाको पुरानो संस्था नेपाली एसोसिएसन् अफ नोर्दन क्यालिफोर्नियाको २०१५-२०१७ को सचिब पदमा बसेर काम गरि सक्नुभएका अधिकारी लायन्स क्लब अफ अन्नपूर्ण, बर्कर्लीको सदस्य हुंदै २०१६ मा लायन्स क्लब अफ सान्-फ्रान्सिस्को, बुद्धको निर्माणमा भूमिकाको साथमा उक्त संस्थाको च्याप्टर सदस्यीय संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

दौलत र बलिबुताको भरोशामा अडेको जस्तो देखिएको एनआरएन अमेरिकालाई च्याप्टरबाट नै सुधार्दै युवाहरुको आवाज समेट्न आफुले च्याप्टर सदस्य पदमा उम्मेद्वारी दिएको अधिकारीले खुल्लामन्चलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *