२०८१ वैशाख २२ गते | 4th of May 2024

सचिवालय बैठक सकिएलगत्तै  नेकपाका अध्यक्षद्वय शीतलनिवासमा

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३ गते १४:४३

काठमाडौँ – नेकपाको सचिवालय बैठक सकिएलगत्तै  नेकपाका अध्यक्षद्वय के  पी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका छन् । बैठकले आइतबार बोलाइएको स्थायी कमिटी बैठक नरोक्ने निर्णय गरेको छ ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेको  बताईएको  छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् ।तर नेताहरुले प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् । विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *