२०८१ चैत ३ गते | 17th of March 2025

ओली प्रचण्ड आज पनि छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ४ गते १४:५०

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा  आईतबार पनि   बार्ता   भएको छ । सहमतिको प्रयास जारी राख्न सोमबार पुनः बैठक बस्नेगरी आजको बार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । पार्टीभित्र विद्यमान विवाद अन्त्यको प्रयासका लागि दुबैजना अध्यक्ष वार्तामा सक्रिय  भए  पनि  ठोस सहमतिमा पुग्न  भने सकेका छैनन  । दुई अध्यक्षबीच करिब दुई घण्टा एक्लाएक्लै वार्ता भयो । शनिबार  बसेको नेकपाको सचिवालय बैठकमा दुई अध्यक्षबीच सहमति बनेको समाचार बाहिर आएको थियो ।शनिबार दुवैजना अध्यक्ष सचिवालय बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएपछि सहमति बनेको आँकलन पार्टीका अन्य नेताहरुले गर्नुभएको थियो । दुई अध्यक्षबीचको वार्ता निस्कर्षमा पुगोस् भनेर पार्टीले स्थायी कमिटीको बैठक मंगलबारसम्मका लागि स्थगित गरेको छ ।

आजै अध्यक्ष प्रचण्डले  शनिबार बालुवाटारमा कुनै किसिमको सहमति नभएको आफ्ना      नजिकका नेताहरुलाई  बताएको बाहिर आएको थियो । उनले आज आफ्नो निवासमा आज गरेको छलफलमा नेकपाका नेता बामदेव गौतम र रामबहादुर थापा  सहभागी नभएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *