२०८१ वैशाख २४ गते | 6th of May 2024

पृथ्वी राजमार्गको धादिंग खण्डमा पहिरोले सडक अबरुद्ध , काठमाडौको मुख्य सडक संजाल बिच्छेद

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ५ गते १३:२३

काठमाडौँ – लगातारको वर्षाले पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ वडा नम्बर १० मोवाखोलाको पुल छेउमा सडक भासिदा   काठमाडौँ   सँग   सम्पर्क  बिच्छेद  भएको छ । सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन ठप्प भएको सोही वडाका वडाध्यक्ष अम्बरबहादुर गुरुङले जानकारी दिए । उनकाअनुसार तीनवटा घरसमेत बगाएको छ । वडाध्यक्ष गुरुङ, नवराज मगर, आशबहादुर गुरुङको घर बगाएको हो ।

उता वागमती प्रदेशका एसएसपी सुदीप गिरीकाअनुसार बिहानैदेखि पृथ्वी राजमार्गका बिभिन्न  भागमा पहिरोले   सडक  अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर काठमाडौंबाट बाहिरिने र भित्रने दुवैतर्फको यातायात ठप्प भएको छ । दर्जनौं ठाउँमा पहिरो र बाढीले सडक भत्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *