२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरीका क्यालिफोर्निया च्याप्टर सभापतीमा सुरेन्द्र मल्लको उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १६ गते २२:०६

क्यालिफोर्निया (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीका क्यालिफोर्निया च्याप्टर सभापतीमा सुरेन्द्र मल्लले उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

मल्लले सामाजिक संजालमार्फत एक बिज्ञप्ती जारी गर्दै अर्को महिना हुने एनआरएन अमेरीकाको निर्वाचनका लागी क्यालिफोर्निया च्याप्टर सभापतीमा उम्मेद्धारी घोषणा गर्नुभएको हो । लामो समयदेखी सानफ्रान्सिस्को क्यालिफोर्नियामा बस्दै आउनुभएका समाजसेवी मल्लले सबैको साथ सल्लाह र समर्थन तथा मायाले समुदायमा सेवा गर्ने अवसर दिनेमा विश्वास लिएको बताउनुभएको छ ।

क्यालिफोर्नियामा रहंदा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाको महासचिव, लुम्बिनी नेपाल शान्ति अभियानका संस्थापक महासचिव तथा एनआरएन अमेरीका क्यालिफोर्निया च्याप्टरको सचिव लगाएतका सामाजिक पद ओगटिसकेका मल्लले आगामी २०१७ २०१९ को लागी च्याप्टर सभापतीमा उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

क्यालिफोर्नियामा बसोबास थालेपछि खेलकुद लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय मल्लले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको बताउनुभयो ।

मल्लले सामाजिक संजाल मार्फत घोषणा गरेको उम्मेद्धारी-

आदरणीय क्यालिफोर्निया निबासी गैह्र आवासीय नेपाली बुबा–आमा, दाजू –भाई तथा दिदी–बहिनीहरू, नमस्कार! गैह्र–आवासीय नेपाली संघ अमेरिकाको (NRNA NCC of USA) २०१७–२०१९ अबधिको लागि छिट्टै नै निर्वाचन हुन लागेको जानकारी विभिन्न संचार माध्यमहरू मार्फत यहाँहरू सबैमा भएको होला भन्ने पूर्ण बिस्वाश लिएको छु । सन् २०१७ – २०१९ को अबधिको लागि निकट भबिस्यमा सम्पन्न हुन गैरहेको निर्वाचनमा गैह्र–आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सभापति पदको लागि उम्मेदवारी दिने निर्णय गरेको यसै सामाजिक संजाल Facebook मार्फत घोषणा गर्दछु । तपाईहरूकै सहयोग, सदभाव र माया पाएर क्यालिफोर्नियामा बसोबास गरे देखि नै विभिन्न खेलकुद कार्यक्रममा सक्रिय सहभागी हुँदै आई Nepali Association of Northern California को महा–सचिव (२०११–२०१३), कार्य–समिति सदस्य ( २०१५–२०१७), लुम्बिनी–नेपाल शान्ति अभियान (हाल Buddha Nepal Peace Foundation) को संस्थापक महा–सचिव, San Francisco Buddha Lions Club को Charter 1st Vice President र NRNA NCC of USA California Chapter (2015-2017) को सचिवको रूप काम गर्ने अवसर पाएको छु । पुन: यहाँहारुको सहयोग, सदभाव र माया पाई NRNA NCC of USA California Chapter को सभापतिको रूपमा आफ्नो समुदायमा सेवा गर्ने अवसर दिनु हुनेछ भन्ने पूर्ण बिस्वाश लिएको छु ।

धन्यबाद !

भवदीय, सुरेन्द्र मल्ल सभापतिको उम्मेदवार – NRNA NCC of USA CA Chapter

बर्कली, क्यालिफोर्निया फोन: 510-485-4314 email:[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *